काठमाडौं, फागुन १४ । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको टाउकामा रगत जमेकाले शल्यक्रिया गरिएको छ। हाल उनको स्वास्थ्यावस्था स्थिर रहेको र जमेको पानी निकाल्ने काम भइरहेको अस्पतालले जनाएको छ।
पूर्वमन्त्री जोशीलाई बिहान साढे २ बजे नर्भिक अस्पताल पुर्याइएको र करीब ४ बजेतिर टाउकामा रगत जमेकाले शल्यक्रिया गरिएको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिए। उनको अस्पतालका न्यूरो सर्जन डा। राजीव झा नेतृत्वको चिकित्सक टोलीले शल्यक्रिया गरेको थियो।
गए राति स्वास्थ्यमा समस्या आई अप्ठ्यारो महसुस भएपछि उनलाई राति नै पहिले वीर अस्पताल र पछि थप उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो।
Facebook Comments


























