काठमाडौं, फागुन १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना भएपछि मन्त्रिपरिषदको बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए।
आजको बैठकले प्रतिनिधि सभाको बैठक आह्वानका लागि राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गर्न सक्ने संभावना रहेको छ। गत फागुन ११ गतेको सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला गर्दै १३ दिनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन आदेश दिएको थियो।
Facebook Comments


























