काठमाडौं, फागुन १४ । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा सातदोबाटो युथ क्लब र खुमलटार युथ क्लबबीच खेल हुनेछ।
दुई टिमबीचको खेल अपरान्ह सवा १२ बजे सुरु हुनेछ र दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन्। लिगमा सातदोबाटो ६ खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। खुमलटार १६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।
यस्तै अर्को खेलमा मध्यपुर युथ एसोसिएसनले टुसाल युथ क्लबसँग खेल्नेछ। मध्यपुर र टुसालबीचको खेल अपरान्ह साढे ३ बजे सुरु हुनेछ। दुबै टिम जित निकाल्ने योजनासहित मैदान उत्रने छन्। मध्यपुर १ अंक जोडेर पुछारमा रहेको छ। टुसाल ८ अंक जोडेर सातौं स्थानमा रहेको छ।
Facebook Comments


























