काठमाडौं, फागुन १४ । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच बिहीवार साँझ शीतल निवासमा भेटवार्ता भएको हो।
सर्वोच्च अदालतको संसद पुनर्स्थापनाको फैसलापछि प्रधानमन्त्री ओलीले पहिलोपटक राष्ट्रपति भण्डारीलाई भेटेका हुन्। सर्वोच्चको फैसलापछिको देशको राजनीतिक परिवर्तनबारे छलफल भएको जनाइएको छ।
Facebook Comments


























