हेटौंडा, फागुन १४ । हेटौंडा उपमहानगरपालिका–१२, पदमपोखरीस्थित गुम्बाडाँडामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौंडा–१२ स्थित गोठेदमारका अन्दाजी ४० वर्षीय केशव विक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गुप्तेश्वरी सामुदायिक वन क्षेत्रमा बिहीबार राति करिब ९ बजेको समयमा विकको शव घोप्टो परेको अवस्थामा फेला परेको थियो। शव फेलापरे लगत्तै स्थानीयहरुले प्रहरीलाई खबर गरेको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष ललित घलानले बताए।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले विकको शव फेला परेको भन्ने खबर पाएलगत्तै सो क्षेत्रमा प्रहरी टोली पुगेको र प्रारम्भिक अनुसन्धानका आधारमा भिरबाट लडेर विकको मृत्यु भएको हुनसक्ने निष्कर्ष निकालिएको छ।
Facebook Comments


























