काठमाडौं, फागुन १३ । आज कारोबारको अन्तिम दिन नेप्से परिसूचक ४४ अंकले घटेको छ। आज परिसूचकमा ४४.०४ अंकको गिरावट आउदाँ नेप्से २५ सय ५४.१४ को विन्दुमा पुगेको छ।
त्यस्तै, आज कारोबारमा आएका कम्पनहिरु मध्ये १५९ कम्पनीको शेयर मुल्य घटेको छ भने १० कम्पनीको शेयर मूल्य बढेको छ। आज नेप्सेमा १ करोड ५८ लाख कित्ता शेयर खरिद बिक्री हुदाँ ६ अर्ब ९ करोड रुपैयाँको कारोबार भएको छ। आज नेप्सेमा नेपाल इन्फ्रास्ट्रकचर बैंकको मात्रै ९० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। आज कारोबारमा आएका सबै उपसमूह घटेका छन्।
Facebook Comments


























