चितवन, फागुन १३ । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ७६७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाले १ जनाको मृत्यु भएको छ। यसैगरी विभिन्न समयमा कोरोनाले ज्यान गुमाएका थप ८२ जनाको विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ।
योसहित हिजोको तथ्यांकमा थप ८३ मृतकको संख्या थपिएको छ। मन्त्रालयका अनुसार योसहित हाल नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख २ हजार ७६७ पुगेको हो।
थप ११२ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा थप ११२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा ३ हजार ४११ जनाको नमुना परीक्षण गर्दा ५२ जना महिला र ६० जना पुरुष गरी कुल ११२ जनामा संक्रमण पुष्टि भएको हो।
यससँगै कुल संक्रमित संख्या २ लाख ७३ हजार ८७२ पुगेको छ। उनीहरु मध्ये २ लाख ७० हजार २२३ जना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा मात्रै ८४ जना संक्रमणमुक्त भएका हुन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या ८८२ रहेको छ।


























