नुवाकोट, फागुन १२ । नुवाकोटमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। तादी गाउँपालिका-२ दाहालचोक बस्ने ६० वर्षीय अर्जुन दाहाल भन्ने चन्द्र बहादुर दाहालको सातबेशीबाट दाहालचोकतर्फ घर जाने क्रममा स्थानीय कुवापानी भिरबाट लडेर मंगलवार बिहान मृत्यु भएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।
Facebook Comments


























