काठमाडौं, फागुन १२ । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहको स्थायी समिति बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपाको स्थायी समिति बैठक सुरु भएको नेता सुवास नेम्वाङले जानकारी दिए।
संसद विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरेपछिको अवस्थाबारे छलफल गर्नका लागि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठक बोलाएका हुन्। बैठकमा नेताहरु ईश्वर पोखरेल, रामबहादुर थापा‘बादल’, नेम्वाङ लगायत सहभागी छन्। बालुवाटारमा पत्रकारहरुलाई प्रवेश दिइएको छैन।
Facebook Comments


























