फागुन १२ । अभिनेत्री वर्षा सिवाकोटी ‘कालीपुरुष’ फिल्ममा अनुबन्धित भएकी छन्। फिल्म राघव आचार्यले निर्देशन गर्न लागेका हुन् ।।मानकृष्ण महर्जनको छायाँंकन रहने ‘कालिपुरुष’मा नव–नायक रमेश बाँनियाको पनि मुख्य भूमिका रहनेछ। फिल्मको अन्य टिम समेत छनौटको क्रममा रहेका छन्।
सस्पेन्स थ्रिलर कथामा निर्माण हुन लागेको यो फिल्म इभाना इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको हो। फिल्मको छायाँकन फागुणको अन्तिम साताबाट सुरु बताइएको छ। हालै ‘परदेशी २’को छायांकन सकाएकी वर्षा पछिल्लो समय व्यवसायमा पनि आवद्ध छिन्।
Facebook Comments


























