फागुन ११ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा क्रिष्टल प्यालेस विजयी भएको छ। अवे मैदानमा भएको खेलमा क्रिष्टल प्यालेसले ब्राइटनलाई २–१ ले पराजित गरेको हो।
२८ औँ मिनेटमा जिन–फिलिपे मातेताले गोल गरेर प्यालेसलाई सुरुवाति अग्रता दिलाए। ५५ औँ मिनेटमा ब्राइटनका लागि डिफेन्डर जोएल वेल्ट्म्यानले बराबरी गोल गरे।
तर इन्जुरी समयको पाँचौँ अर्थात ९५ औँ मिनेटमा क्रिष्टियन बेन्तेकेले गोल गरि क्रिष्टल प्यालेसलाई जित दिलाएका हुन्। जितपछि २५ खेलबाट ३२ अंकसहित क्रिष्टल प्यालेस १३ औँ स्थानमा उक्लिएको छ। ब्राइटन २६ अंकसहित १६ औँ स्थानमा कायम छ। एजेन्सी
Facebook Comments


























