चितवन, फागुन ९ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई उपचारका लागि भारत प्रस्थान गरेका छन्। पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराई नेपाल वायुसेवा निगमको जहाजबाट भारतको दिल्ली प्रस्थान गरेका हुन्।
पेटमा समस्या देखिएपछि उनी उपचारका लागि काठमाडौंको निदान अस्पतालमा भर्ना भएका थिए। परीक्षणका क्रममा उनको ‘न्युरो इन्डोक्राइनको ट्युमर’ रहेको आशंका गरेपछि थप उपचारका लागि भट्टराई दिल्ली जाने भएका हुन्। दिल्लीमा उनको उपचार ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’ अस्पतालमा हुने उनको सचिवालयले जनाएको छ ।
Facebook Comments


























