सुनसरी, फागुन ९ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्न लागेपछि प्रधानमन्त्री केपी शर्मा ओली आत्तिएको बताएका छन्। नेपाल प्रेस युनियन सुनसरीले आइतबार गरेको अन्तर्क्रियामा नेता पौडेलले विराटनगरमा शनिबार भएको सभामा प्रधानमन्त्री ओलीले अदालतबाट प्रतिनिधिसभा विघटनको कदम सदर नभए आन्दोलन गर्ने अभिव्यक्ति धम्की र आतेस दुवै भएको बताए।
‘प्रधानमन्त्री पदको गरिमा भुलेर अदालतलबाट आफ्नो असंवैधानिक कदम सदर नभए आन्दोलन गर्छौं भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिँदै छन्,’ पौडेलले भने, ‘यो अदालतमाथि धम्की त हुँदै हो सँगसँगै अदालतले संसद् पुनःस्थापना हुने भयो भनेर आत्तिएको अभिव्यक्ति पनि हो।’ उनले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनस्स्थापित भए विकृति आउँछ भन्दै दिएको अभिव्यक्तिलाई आकाशतर्फ हेरे थुकेको उपमा दिए।
‘प्रधानमन्त्री भन्दै छन्सां-सद अपहरणदेखि प्रतिनिधिसभा विघटनसम्मका विकृति निम्त्याउने ओलीले नै प्रतिनिधिसभा पुनस्स्थापित भए विकृति आउँछ रे !,’ पौडेलले भने, ‘ओली आकाशतिर हेरेर थुक्क्दै छन्।’ प्रधानमन्त्री ओली यस्ता आपत्तिजनक अभिव्यक्ति दिनुमा कांग्रेसको भूमिकाले दुरुत्साहन गरेको बताए।
पौडेलले नेतृत्वका कारण कांग्रेस लोकतन्त्र र संविधानको रक्षमा खरो उत्रन नसकेको पनि स्वीकार गरे। उनले पार्टी नेतृत्वले आन्दोलन गर्ने पैसा छैन भन्दै दिएको अभिव्यक्तिलाई पनि आपत्तिजनक भने। ‘पार्टीले त आन्दोलनलाई नेतृत्व दिने हो पैसा दिने होइन,’ पौडेलले ने, ‘यो गैरजिम्मेवार अभिव्यक्ति हो।’
पौडेलले आफू सांसद् नभएकाले प्रतिनिधिसभा पुनस्स्थापनाले व्यक्तिगत लाभ नभएको भन्दै कांग्रेसको स्थापना र अहिलेसम्मको निरन्तरता केकारण छ भन्ने कुरा सोच्नुपर्ने बताए।


























