फागुन ९ । इंग्लिस प्रिमियर लिग फुटबलमा आज म्यानचेस्टर सिटीले आर्सनलसँग प्रतिस्पर्धा गर्दैछ। प्रिमियर लिगको लिग लिडर सिटीले आर्सनलसँग उसैको मैदानमा खेल्नेछ। सिटी र आर्सनलबीचको खेल राति सवा १० बजे सुरु हुनेछ।
आर्सनलविरुद्ध मैदान उत्रदा सिटी जित निकाल्ने योजनामा हुनेछ। सिटी आर्सनललाई हराउँदै उपाधि होड बलियो बनाउन चाहन्छ। तर, बलियो टिम आर्सनलविरुद्ध जित निकाल्न सिटीलाई सहज भने हुने छैन।
सिटी २६ खेलमा ५६ अंक जोडेर लिगको शीर्ष स्थानमा रहेको छ। आर्सनल ३२ अंक जोडेर लिगको दशौँ स्थानमा रहेको छ। आर्सनल घरेलु मैदानमा सिटीलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ। प्रिमियर लिग अन्तर्गत नै टोटेनहमले वेस्ट ह्याम युनाईटेडसँग खेल्नेछ। लेष्टर सिटीले एस्टन भिल्लासंग खेल्नेछ। एजेन्सी
Facebook Comments


























