फागुन ९ । भारतले इंग्ल्यान्डविरुद्धको टी-ट्वान्टी सिरिजका लागि टिमको घोषणा गरेको छ। भारतले विराट कोहलीको कप्तानीमा १९ सदस्सीय टिमको घोषणा गरेको हो।
भारतले घोषणा गरेको टिममा तीन खेलाडीले पहिलो पटक मौका पाएका छन्। ब्याट्सम्यान सुर्य कुमार यादव, विकेटकिपर ब्याट्सम्यान इशान किसन र अलराउण्डर राहुल टेवाटिया पहिलो पटक टी-ट्वान्टी टिममा परेका छन्। उनीहरुले २०२० को आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेका थिए।
यस्तै टिममा रोहित शर्मा, भुवनेश्वर कुमार, ऋषव पन्त र वरुण चक्रवर्ती टिममा फर्किएका छन्। चोटका कारण मनिस पाण्डे, सन्जु सामसन र मायांक अग्रवाल टिम बाहिर रहेका छन्। भारतले घरेलु मैदानमा इंग्ल्यान्डसँग ५ खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ। टी-ट्वान्टी सिरिज मार्च १२ मा सुरु हुनेछ। एजेन्सी
Facebook Comments


























