चितवन, फागुन ४ । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नगरपालिकामा ट्रकको ठक्करबाट एक हरिणको मृत्यु भएको छ।
आज बिहान करिब साढे चार बजे रत्ननगर नगरपालिका वडा नं.९ सिंचाइगेट अगाडि ना ६ ख १४६० नम्बरको ट्रकको ठक्करबाट हरिणको मृत्यु भएको हो । हरिणको घटनास्थलमै मृत्यु भएको छ।
रौतहटबाट नुवाकोटतर्फ जाँदै गरेको सो ट्रकलाई प्रहरीले चितवनको रामनगरबाट पौने सात बजे नियन्त्रणमा लिएको थियो। ट्रक चालक नवलपरासीको देवचुली नगरपालिका वडा नं.१ बस्ने २४ वर्षीय अनिल कुमाललाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी सूर्य थापाले जानकारी दिए।
Facebook Comments


























