काठमाडौं, फागुन ५ । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज अपराह्न बस्दैछ। सानेपास्थित केन्द्रीय कार्यालयमा अपराह्न दुई बजे डाकिएको बैठकमा १४औँ महाधिवेशनको नयाँ कार्यतालिका र आन्दोलनको समीक्षासहितका विषयमा छलफल हुनेछ।
फागुन ७ गतेदेखि १० गतेसम्म काठमाडौँमा गर्ने भनिएको महाधिवेशन कोरोना भाइरसको महामारीले अनिश्चित भएको थियो। आजको बैठकमा महाधिवेशनको नयाँ मिति तोक्ने विषयमा छलफल गर्ने कांग्रेसको तयारी छ।
Facebook Comments


























