फागुन ४ । पूर्व विश्व नम्बर एक सेरेना विलियम्स अष्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छिन्। मेलबर्नमा मंगलबार भएको क्वाटरफाइनलमा रोमानियाकी सिमोना हालेपलाई हराउँदै सेरेनाले अन्तिम चारमा स्थान बनाएकी हुन्।
दशौँ वरीयता प्राप्त अमेरिकी खेलाडी सेरेनाले दोस्रो वरियताकी हालेपमाथि ६-३ र ६-३ को सेटमा जित निकालिन। ३९ वर्षीय सेरेनाको यो ४० औं ग्राण्डस्लाम सेमिफाइनल हो। अब सात पटकको च्याम्पियन सेरेनाले सेमिफाइनलमा जापानी खेलाडी नाओमी ओसाकासँग खेल्ने छिन्। क्वाटरफाइनलमा चाइनिज ताइपेकी सीहे सु वुईलाई पराजित गर्दै ओसाका सेमिफाइनलमा पुगिसकेकी छिन्। तेस्रो वरीयताकी ओसाकाले सुविरुद्ध ६-२ र ६-२ को सेटमा जित निकालेकी थिइन्।
Facebook Comments


























