फागुन ४ । जर्मन बुन्डेस लिगाको उपाधि दाबेदार बायर्न म्युनिख रेलिगेसन जोनको अर्मेनिया बिलेफिल्डसँग बराबरीमा रोकिएको छ। बायर्नले अर्मेनियासँग ३–३ गोलको बराबरी खेलेको हो। एलिएन्ज एरिनामा सोमबार राति भएको खेलमा पाहुना टोलीका मिचेल भिलाप, आमोसस पिपर र क्रिस्टियन गेवाअरले गोल गरे।
बायर्नका रोबर्ट लेवान्डोस्की, टोलिसो र डाभिसले गोल गरे। २–१ ले पछि परेको अवस्थामा कोरेन्टिन टोलिसो र अलफन्सो डाभिसले गोल गर्दै बायर्नको हार टारेका थिए। बराबरीपछि पनि बायर्नको २१ खेलबाट ४९ अंकसहित शीर्ष स्थानमा कायमै छ। अर्मेनिया १८ अंकसहित १६औँ स्थानमा छ। एजेन्सी
Facebook Comments


























