काठमाडौं, फागुन १ । साविक विजेता एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा अपराजित यात्रा कायम राखेको छ। शनिबार भएको खेलमा वालिङ नगरपालिकालाई ६-० गोल अन्तरले हराउँदै एपीएफले जितको यात्रालाई कायम राखेको हो।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपीएफलाई जित दिलाउन सावित्रा भण्डारीले ह्याट्रिकसहित ५ गोल गरिन्। यस्तै प्रिती राईको नाममा एक गोल रह्यो।जितसँगै एपीएफले ९ खेलमा २७ अंक जोडेको छ। एपीएफ अपराजित रहने एक्लो टिम हो। वालिङ ९ खेलमा १४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।
Facebook Comments


























