फागुन १ । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोका सामाजिक सञ्चाजलमा ५०० मिलियन फलोअर्स नाघेको छ। सामाजिक सञ्जालमा ५०० मिलियन फलोअर्स हुने उनी पहिलो फुटबलर हुन्।
युभेन्ट्सका फरवार्डसमेत रहेका रोनाल्डोको फेसबुक, इन्स्टाग्राम र ट्वीटरमा गरी ५०० मिलियन फलोअर्स पुगेका हुन्। रोनाल्डोको सर्वाधिक धेरै फलोअर्स इन्स्टाग्राममा छन्। उनको इन्स्टाग्राममा २ सय ६१ मिलियन फलोवर्स रहेको छ। यस्तै फेसबुकमा १ सय ४८ मिलियन फलोअर्स छन् भने ट्वीटरमा ९१ मिलियन फलोअर्स छन्। एजेन्सी
Facebook Comments


























