चितवन, फागुन १ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १० करोड ८७ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा ४ लाख २० हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमित संख्या १० करोड ८७ लाख ९ हजार ४१ पुगेको छ।
यो समाचार तयार पार्दासम्म विश्वभर ८ करोड ६ लाखभन्दा धेरै मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन्। पछिल्लो २४ घण्टामा ३ लाख ९७ हजार ६६५ जना निको भएका छन्।
होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या २ करोड ५४ लाख ४७ हजार १३६ छ। यसमध्ये ९९ हजार ४३८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ।
पछिल्लो २४ घण्टामा १२ हजार २२२ जनाको मृत्यु भएको छ। योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २३ लाख ९२ हजार ४७९ पुगेको छ। कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ। हालसम्म अमेरिकामा चार लाख ९२ हजार ४१९ जनाको मृत्यु भएको छ।
यसैगरी ब्राजिलमा २ लाख ३७ हजार ६०१ जना, भारतमा १ लाख ५५ हजार ५८८ जना, रूसमा ७९ हजार १९४ जना, बेलायतमा १ लाख १६ हजार २८७ जना, फ्रान्समा ८१ हजार ४४८ जना, इटालीमा ९३ हजार ४५ जनाको मृत्यु भएको छ।


























