अर्घाखाँची, माघ ३० । नेकपाका नेताको प्रदर्शनलाई राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले राष्ट्रको ढुकुटी सक्ने प्रपञ्च भनेका छन्।
प्रगतिशील पत्रकार संघ अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा केसीले राज्यको ढुकुटी रित्तिने गरी नेकपाका नेताहरूले शक्ति प्रर्दशन गरेको आरोप लगाए। अध्यक्ष केसीले सत्तामा बस्नेहरूले देशको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र अस्मिताभन्दा सत्ता र स्वार्थमा लागेको आरोप लगाए।
भारतले हडपेको लिम्पियाधुरा र कालापानी लगायतको भू–भाग समेटेर नक्सा सार्वजनिक गरेपछि उनीहरूकै इशारामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको समेत आरोप लगाए। अध्यक्ष केसीले मुलुकमा अस्थिर राजनीतिका कारण राजावादीहरूसमेत सलबलाएको टिप्पणी गरे।
Facebook Comments


























