माघ ३० । जर्मन च्याम्पियन बायर्न म्युनिखले फिफा क्लब विश्व कपको उपाधि जितेको छ।
गएराति सम्पन फाइनल खेलमा मेक्सिकन क्लब टाइग्रेस उआनललाई १-० गोल अन्तरले पराजित गर्दै क्लब विश्वकपको उपाधि जितेको हो। बायर्नको जितमा खेलको ५९औ मिनेटमा बेन्जामिन पभार्डले गरेको गोल नै निर्णायक गोल बनेको थियो।
योसँगै बायर्नले दोस्रो पटक फिफा क्लब विश्वकपको उपाधि जितेको छ। यसअघि बायर्नले २०१३ मा यो उपाधि जितेको थियो। फिफा क्लब विश्वकपको उपाधि अहिलेसम्म सबैभन्दा धेरै रियल म्याड्रिडले ४ पटक जितेको छ भने बार्सिलोनाले ३ पटक जितेको छ। एजेन्सी
Facebook Comments


























