काठमाडौं, माघ २९ । नेकपा (प्रचण्ड–नेपाल खेमा) ले नेतृ रामकुमारी झाँक्रीलाई राज्य अपरहण गरेको बताएको छ। झाँक्रीको गिरफ्तारी पक्राउ नभई राज्यले गरेको अपरहण गरेको नेकपाले जनाएको हो।
नेतृ झाँक्री पक्राउका सम्बन्धमा गरेको छलफलपछि नेकपाले भनेको छ, ‘ नेपाली जनताले संघर्ष गरेर प्राप्त गरेको लोकतन्त्र र नेपालको संविधानबाट प्राप्त जनताको अधिकारमाथि सर्वसत्तावादी कोणबाट गरिएको आक्रमण हो। यो अपहरण हो। यसको घोर निन्दा र भत्सर्ना गर्दछौँ। यसविरुद्ध हामी अदालत जाने छौँ।’
नेकपा नेतृ झाँक्रीलाई प्रहरीले बिहीबार राज्य विरुद्धको कसुरमा प्रक्राउ गरेको छ। उनको गिरफ्तारी कानून विपरित रहेको कानूनका ज्ञाताले पनि बताएका छन्।
Facebook Comments


























