काठमाडौं, माघ २९ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजालासमा जारी बहसमा प्रधानमन्त्रीको तर्फबाट बहस सकिएको छ। माघ १९ गते प्रधानमन्त्रीको तर्फबाट सुरु भएको बहसमा ९ दिनसम्म चल्यो। ९ दिनमा ४९ जना अधिवक्ताले प्रतिनिधिसभा विघटनको पक्षमा बहस गरेका थिए।
प्रधानमन्त्रीको तर्फबाट बहस सकिएसँगै बिहीबारबाटै सभामुखको तर्फबाट बहस सुरु भएको छ। सभामुखको तर्फबाट वरिष्ठ अधिवक्ता लवकुमार मैनाली, अधिवक्ताहरू श्रीकृष्ण सुवेदी र श्यामप्रसाद खरेलले बहस गर्न लाग्नुभएको सर्वोच्च अदालतले जनाएको छ। अधिवक्ता श्रीकृष्ण सुवेदीले सभामुखको तर्फबाट बहस सुरु गर्नुभएको छ।
प्रतिनिधिसभा विघटन विरुद्धको बहस प्रधान्यायाधीश चोलेन्द्रशमसेर जबरासहित न्यायाधीशहरू विश्म्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको संवैधानिक इजालासमा चलिरहेको छ।


























