काठमाडौं, माघ २९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ परेकी छिन्। उनलाई पक्राउ गरिएकोमा चौतर्फी विरोध तथा आलोचना भैरहेको छ। सरकारले गलत काम गरेको नेता तथा कार्यकर्ताहरुको भनाई छ।
उता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुले समेत झाँक्री पक्राउको विरोध गरेका छन्। कांग्रेस नेता गगन कुमार थापाले प्रश्न गर्नेलाई तर्साउन खोज्ने भन्दै कडा प्रश्न गरेका छन्। सामाजिक सञ्जाल ट्विटरमार्फत थापाले लेखेका छन्–‘कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति१ सरकार झ्यालखानाको संख्या थप,किनकि सत्य को पक्षमा बोल्ने मुख तिमिले देखाएको त्रासले बन्द हुँदैन।”

Facebook Comments


























