माघ २५ । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले इन्टरनेटको प्रयोगभन्दा टीभीमा बढी मनोरन्जनात्मक कार्यक्रमहरु हेर्ने ग्राहकहरूलाई प्राथमिकता दिंदै सस्तोमा आईपी टीभी सेवा उपलब्ध गराउने योजना “तहल्का” ल्याएको छ।
यस योजना अन्तर्गत ग्राहकले नेटटीभीले उपलब्ध गराउने २०० भन्दा बढी लाइभ टिभी च्यानलहरू र १० एमबीपीएसको इन्टरनेट सेवा मासिक रु ७९९ मै पाउनेछन्।
वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत केशव नेपालका अनुसार इन्टरनेट जडान गरेर पनि इन्टरनेटको प्रयोग धेरै नगर्ने सबै ग्राहकहरुका लागि उपयुक्त हुने गरी “तहल्का” योजना ल्याएका छौं।
उनी भन्छन् “तहल्का” अफर सस्तो भएको हुनाले आधारभूत टिभी प्रयोगकर्ताहरू, सोशल मिडिया लगायत अन्य एपहरू प्रयोग गर्ने ग्राहकहरुका लागि धेरै नै उपयुक्त छ। हाम्रो यस प्रयासले सरकारको डिजिटल नेपाल कार्यक्रमलाई समेत सघाउने छ। हामीले आईपीटीभी र इन्टरनेट सेवा दुबैका लागि मासिक ७९९ रूपैयाँ मात्र शुल्क राखेका छौं।”
वर्ल्डलिंकले यस अफरसँगै नेटटीभी (आईपीटीवी) सेवासँगै कम्बो प्याकमा ६० एमवीपीएससम्मको उच्च गतिको इन्टरनेट प्याकेजहरू पनि उपलब्ध गरार्यरहेको छ। यसबाट ग्राहकहरूले आफ्नो आवश्यकता अनुसार विभिन्न इन्टरनेट र टिभी प्याकेजहरू छनौट गर्न सक्ने छन्।


























