माघ २५ । भारतको उत्तराखण्डको तपोवन क्षेत्रमा हिमनदी फुट्दा आइतबार भीषण बाढी निम्तिएको छ। उक्त बाढीले ठूलो बाँधलाई फुटाएको र धेरैलाई बगाएको आशंका गरिएको छ। यद्यपी हालसम्म हताहतीको विषयमा केही जानकारी प्राप्त भएको छैन।
हाल अलकनन्दा र धौलिगंगा खोला नजिकका बस्तीहरुलाई खाली गरिएको छ। तिब्बत नजिकैको सीमामा तैनाथ सयौं सेनालाई उद्धारका लागि खटाइएको छ।
प्रहरीका अनुसार यस बाढीले रिसीगंगा पावर प्रोजेक्टमा पनि क्षति पुर्याएको छ। एनडीटीभी
Facebook Comments


























