नुवाकोट, माघ १९ । नुवाकोटमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालको सम्बोधन कार्यक्रम छ। तर, कार्यक्रम सुरु हुनुअघि नै दाहाल–पक्षले विरोध तथा प्रदर्शन गर्दा झडप भएको छ । झडपमा परी दुवै पक्षका केही कार्यकर्ता घाईते समेत भएको बताईएको छ।
उता, विरोधमा उत्रिएकाहरुले मन्त्रीहरुलाई कालो झण्डा देखाएका थिए। प्रदर्शनमा सहभागी दाहाल–नेपाल पक्षकी विद्यार्थी नेतृ उषाकिरण तिम्सिनाले सामाजिक सञ्जाल ट्विटरमा यस्तो लेखेकी छिन्–”नुवाकोटमा असंबैधानिक मन्त्री आगमनको क्रममा हाम्रो शान्तिपूर्ण आन्दोलनमा ओलीगुटका मान्छेहरुले हमला गरेपछी झडप भएको छ। यो आन्दोलन ब्यक्तिबिरुद्द होईन, निरंकुशताबिरुद्द हो। ब्यक्तिगत रुपमा गरिएको आक्रमण निन्दनिय छ।”
Facebook Comments


























