माघ १९ । गतबर्षको फागुण ९ गते रिलिज भएको चलचित्र ‘आमा’ ३ दिन अगाडि युटुबमा सार्वजनिक भयो। सार्वजनिक भएको ३ दिनमा यो चलचित्रलाई १६ लाख भन्दा बढी पटक युटुबमा हेरिएको छ। चलचित्र नेपालको युटुब ट्रेन्डिङको नम्बर १ स्थानमा उक्लिएको छ।
दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन्। चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्त, देशभक्त खनाल, सरिता गिरी लगायतका कलाकारको अभिनय छ। ५३ हजार भन्दा बढी दर्शकले चलचित्रलाई लाइक गरेका छन्। ४ हजार भन्दा बढी प्रतिक्रियामा दर्शकले यो चलचित्रलाई उत्कृष्ट भनेका छन्।
चलचित्र हेर्ने अधिकांश दर्शकले मानविय संवेदना र समाजसँग जोडिएको कथा भन्दै प्रशंसा गरेका छन्। नेपालमा रिलिज भएपनि कोरोना कारण विदेशमा यो चलचित्र रिलिज हुन सकेको थिएन। यसैले, विदेशबाट चलचित्र हेर्ने अधिकांश दर्शकले यो चलचित्रलाई आफ्नै कथा भनेका छन्।


























