काठमाडौं, माघ १९ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले म्यानमार घटनामा विरोध गरेका छन्। नेतृ आङ सान सूचीसहित राष्ट्रपति र शीर्ष नेतालाई सेना नियन्त्रणमा लिएकोमा प्रवक्ता शर्माले विरोध जनाएका हुन्।
सोमवार एक ट्वीट गर्दै उनले म्यानमार घटनाको विश्वव्यापी विरोध जरुरी रहेको समेत बताए। उनले निर्वाचनको निष्पक्षताको विवादित प्रश्नमा सैन्य प्रवेश निन्दनीय भएको समेत टिप्पणी गरेका छन्। साथै उनले रोहिङ्या सामुदायमाथि भएको व्यवहारलाई पनि सम्झिएका छन्।
प्रवक्ता शर्माले ट्विटरमा लेखेका छन्-‘निर्वाचन निस्पक्षताको विवादित प्रश्नमा सैन्य प्रवेश निन्दनिय ! यधपी रोहिङ्या समुदायमाथि सुकि सत्ताको ब्यवहारको पुरानो घटना अमानवीय थियो। तर, मानवीयताको बाटो फेरि पनि लोकतन्त्र नै हो। हामी हरेक प्रतिगमनविरुद्ध छौं देशमा होस् या परदेशमा।’
Facebook Comments


























