काभ्रे, माघ १८ । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर २ स्थित बुद्धकोटमा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। जनकपुरबाट काठमाडौं आउँदै गरेको उक्त जिप सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी कुमारविक्रम थापाले जानकारी दिए। दुर्घटनामा परी घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ।
अहिले घाइतेहरुको उद्धार गरी एम्बुलेन्समार्फत अस्पताल लैजाने काम भइरहेको नमोबुद्ध नगरपालिकाका मेयर टीपी शर्मा तिमल्सिनाले जानकारी दिए।दुर्घटनाको थपा विवरण आउन बाँकी छ।
Facebook Comments


























