मुम्बई, माघ १८ । सन् २०१० मा सलमान खानको फिल्म ‘वीर’बाट बलिउडमा डेब्यू गरेकी अभिनेत्री जरीन खानले आफ्नो करियरलाई लिएर नयाँ खुलासा गरेकी छन्।
उनले आफ्नो अनुहार अभिनेत्री कटरीना कैफसँग मिल्ने भएपछि त्यसको असर आफ्नो करियरमा परेको खुलाएकी हुन्। जरीनको बुझाईमा बलिउडका केही पनि निर्माता तथा निर्देशक कसैको अनुहारसँग मिल्दोजुल्दो व्यक्तिसँग काम गर्न चाहँदैनन्।
‘मानिसहरु फिल्म उद्योगमा आफ्नो अलग पहिचान बनाउनका लागि आउछन्। न कि कोही अन्य जस्तै देखिनलाई हो। मैले बलिउडमा आफ्नो स्थान बनाउनका लागि ११ वर्षसम्म मेहनत गरें। तर आज पनि मानिसहरु मलाई कटरीना कैफ जस्तै सम्झन्छन्’, उनले भनेकी छन्, ‘मलाई कतिपयले पुजा भट्ट, प्रिती जिन्टा र सनी लियोनी जस्तै देखिएको पनि भन्छन्। तर मलाई कहिल्यै पनि जरीन खानको रुपमा हेरिएन।’
जरीनका अनुसार यसअघि स्नेहा उल्लाल९जसलाई अभिनेत्री ऐश्वर्या राय बच्चनको डुप्लिकेट भनिन्थ्यो’को करियर पनि यस्तै कारणले संकटमा परेको थिए। जरीनले ‘हाउसफुल २’, ‘हेट स्टोरी ३’, ‘अक्सर २’ आदिमा काम गरिसकेकी छन्। एजेन्सी


























