स्याङ्जा, माघ १८ । स्याङ्जा, गल्याङ नगरपालिका-५ सेतिबेणीस्थित कालिगण्डकी नदी किनारमा जोगिमारा बस्ने २४ वर्षीय भरत थापा क्षेत्री मृत अवस्थामा फेला परेका छन्। यसैगरी स्याङ्जाको हरीनास नगरपालिका-५ बसन्तडाँडा बस्ने ६४ वर्षीया सेती कमेनी स्थानीय खोल्सामा मृत अवस्थामा फेला परेकी छन्।
संखुवासभाको मादि नगरपालिका-८ दलेनीस्थित खोल्सामा फाबिङ बस्ने ५५ वर्षीय रत्नबहादुर प्रधान मृत अवस्थामा फेला परेका छन्। भोजपुरको अरुण गाउँपालिका-६ स्थित अरुण नदी र आपखोलाको दोभानमा नाम, थर, वतन नखुलेका पुरुषको शव फेला परेको छ। यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
Facebook Comments


























