काठमाडौं, माघ १७ । साविक विजेता एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा लगातार पाँचौ जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा स्याङ्गजाको वालिङ नगरपालिकालाई ३-० गोल अन्तरले पराजित गर्दै एपीएफले अपराजित यात्रा कायम राखेको हो।
एपीएफको जितमा सावित्रा भण्डारीले दुई गोल गरिन्। यस्तै प्रिती राईले एक गोल थपिन्। बलियो टिम वालिङविरुद्ध खेलको १३ औं मिनेटमा सावित्राको गोलबाट एपीएफले अग्रता बनाएको थियो। खेलको ७१ औं मिनेटमा प्रितीले गोल गर्दा एपीएफ २-० ले अघि रह्यो। त्यसपछि खेलको ७४ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ३-० को जित दिलाए।
जितसंगै एपीएफले ५ खेलमा १५ अंक जोडेको छ। एपीएफ शीर्ष स्थानमा रहेको छ। वालिङ ५ खेलमा ५ अंक जोडेर चौंथो स्थानमा रहेको छ।
Facebook Comments


























