चितवन, माघ १७ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले चितवनमा सरकारले १८ वटा पुल निर्माण गरिरहेको बताएका छन्। भरतपुरमा आज भएको जनसभालाई सम्बोधन गर्दै मन्त्री नेम्वाङले भरतपुरमा ठूलो रिङरोड बनाउने काम भइरहेको छ भने ठोरीदेखि चीन जोड्ने बाटो बनाउने योजना रहेको बताएका हुन्।
उनले हुलाकी राजमार्गको काम पनि सरकार बनेपछि तीव्ररुपमा अगाडि बढिरहेको बताए। उनले सरकारले नै मुग्लिनमा आर्क ब्रिज सम्पन्न गरेके बताए। देशभरको विकास निर्माणलाई हेर्ने हो भने एक दिनमा एउटा पुल सरकारले निर्माण गरिरहेको उनले दाबी गरे।
Facebook Comments


























