माघ १३ । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डलाई हटाएको छ। इंग्ल्यान्डका पूर्वमिडफिल्डर लाम्पार्ड जिम्मेवारी सम्हालेको १८ महिनामा नै बर्खास्त भएका हुन्। क्लबको प्रदर्शनमा सुधार नआएपछि चेल्सीले लाम्पार्डलाई बर्खास्त गरेको हो।
यस सिजन चेल्सी २९ अंक जोडेर लिगको नवौँ स्थानमा रहेको छ। लाम्पार्डको स्थानमा चेल्सीले थोमस टुचेललाई ल्याउने तयारी गरेको बताईएको छ। एजेन्सी
Facebook Comments

























