माघ १३ । टोटेनहम एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ। सोमबार राति च्याम्पियनसिप क्लब वाइकम्ब वान्डरसलाई ४-१ ले पराजित गर्दै टोटेनहमले पाँचौँ चरणमा स्थान पक्का गरेको हो।
वान्डरसको मैदानमा एक गोलले पछि परे पनि टोटेनहमले पुनरागमन जित निकालेको हो। खेलको २५औँ मिनेटमा फ्रेडले गोल गर्दै वान्डरसलाई अग्रता दिलाएका थिए। तर, खेलको ४५औँ मिनेटमा ग्यारेथ बेलले गोल गर्दै टोटेनहमलाई १-१ गोलको बराबरीमा फर्काए।
८६औँ मिनेटमा ह्यारी विंक्सले गोल गर्दै टोटेनहमलाई २-१ को अग्रता दिलाए। ८७औँ मिनेटमा टानगाइ एनडोम्बेले गोल गर्दै टोटेनहमलाई ३-१ को अग्रता दिलाए। ९०औँ मिनेटमा एनडोम्बेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-१ को सहज जित दिलाए। टोटेनहमले पाँचौ चरणमा एभर्टनसँग खेल्नेछ। एजेन्सी
Facebook Comments


























