काठमाडौं, माघ १२ । नेपालमा आज थप ३३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४ हजार ८५८ जनाको गरिएको पीसीआर परीक्षणमा ३३९ जनामा संक्रमण पुष्टि भएको हो।
गत २४ घण्टामा ४०१ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ६४ हजार ५ सय ३८ जना छन्। नेपालमा निको हुने दर ९८ दशमलव १ प्रतिशत रहेको छ।
कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ। अहिलेसम्म मृत्यु हुनेको संख्या २ हजार ११ रहेको छ। गत २४ घण्टामा काठमाडौं उपत्यकामा १५४ जना संक्रमित भएका छन्। तीमध्ये काठमाडौंमा १३३, भक्तपुरमा ८ र ललितपुरमा १३ जना संक्रमित थपिए।
Facebook Comments


























