माघ १२ । च्याटिङ एप ह्वाटसएपले प्रयोगकर्तालाई थप सुविधा दिन नयाँ फिचर लञ्च गर्दै आइरहेको छ। ह्वाटसएपममार्फत प्रयोगकर्ताले भिडियो कल, म्यासेज, भ्वाइस कल लगायतका सुविधा प्राप्त गरिरहेका छन्। अब ह्वाटसएपले स्टिकर सर्टकट नामक फिचर पनि थप गर्ने भएको छ।
यो फिचर विश्वभरका ह्वाटसएप प्रयोकर्ताले एकसाथ पाउनेछन्। साथै ह्वाटसएपको यो फिचर च्याटबारमा पनि देखिनेछ। यो सुविधापछि प्रयोगकर्ताले स्किटरहरु सहजै रुपमा भेट्न सक्नेछन्। यसले प्रयोगकर्तालाई च्याट गर्दा सहज हुने कम्पनीको विश्वास छ। साथै ह्वाटसएपमा नयाँ एनिमेटेड स्टिकर पनि रिलिज गरिएको छ। यो फिचर हालका लागि ह्वाटसएप वेबका लागि मात्र उपलब्ध छ।
Facebook Comments


























