काठमाडौं, माघ १२ । प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी माघ २३ गते काठमाडौंमा हुने जनसभाको तयारी तीव्र बनाएको छ। शिक्षा तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठको संयोजकत्वमा नेकपाले समिति नै गठन गरेर जनसभाको तयारी शुरू गरेको हो।
बागमती प्रदेश संगठन कमिटीले सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो। कमिटीकै आयोजनामा माघ २३ गते जन सभा हुन लागेको हो। सभामा विभिन्न १७ जिल्लाका नेता तथा कार्यकर्ताको नेतृत्वमा कार्यकर्ता परिचालन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।
Facebook Comments


























