काठमाडौं, माघ १२ । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश-२ ले नेपाल पुलिस क्लबलाई १ सय ७० रनको सामान्य लक्ष्य दिएको छ। मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश-२ ले ४७ ओभरमा ९ विकेट गुमाएर १ सय ६९ रन बनायो।
खेल ढिला शुरु भएको कारण ४७ ओभरमा झारिएको खेलमा प्रदेश-२ का लागि हरिशंकर साहले ५३ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै हिमान्सु दत्तले १६ रन जोड्दा आदील अन्सारीले १५ रन बनाए।
कप्तान सुरज कुर्मी १३ रनमा आउट हुँदा रबि सिंह र विशाल सुस्लिङले १२/१२ रन जोडे। पुलिसका ललित राजवंशीले ४ विकेट लिए। सागर ढकालले २ तथा पवन सरार्फले १ विकेट लिए। पुलिस ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। प्रदेश-२ प्रतियोगिताबाट बाहिरिसकेको छ।
Facebook Comments


























