काठमाडौं, माघ ११ । विभागीय टिम एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको खेलमा विराटनगर महानगरपालिकालाई ७-० गोल अन्तरले पराजित गर्दै एपीएफले लगातार दोस्रो जित निकालेको हो।
एपीएफको जितमा सावित्रा भण्डारीले ह्याट्रिकसहित ४ गोल गरिन्। यस्तै अनिता केसीले २ गोल गर्दा सरु लिम्बुले एक गोल गरिन्। लगातार दोस्रो जितसंगै एपीएफ लिगको शीर्ष स्थानमा उक्लिएको छ। एपीएफले २ खेलमा ६ अंक जोडेको छ।
पहिलो खेलमा एपीएफले चन्द्रपुर नगरपालिकालाई ६-० ले हराएको थियो । विराटनगरले २ खेलमा १ अंक जोडेको छ। विराटनगरको यो पहिलो हार हो। पहिलो खेलमा विराटनगर वालिङसँग बराबरीमा रोकिएको थियो। लिगमा आर्मी २ खेलमा ४ अंक जोडेर दोस्रो र पुलिस ४ अंक सहित तेस्रो स्थानमा रहेको छ।
Facebook Comments


























