काठमाडौं, माघ ११ । राष्ट्रिय महिला लिग फुटबलमा अहिले त्रिभुवन आर्मी क्लब र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा भईरहेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा आर्मीले ३-० को अग्रता बनाएको छ।
आर्मीका लागि विमला चौधरी, दिपा राई र शर्मिला थापाले एक एक गोल गरिन्। आज आर्मी पहिलो जितको खोजीमा रहेको छ। पहिलो खेलमा आर्मी नेपाल पुलिससँग गोलरहित बराबरीमा रोकिएको थियो। वालिङ पनि पहिलो जितको निकाल्ने योजनामा रहेको छ। पहिलो खेलमा वालिङले विराटनगर महानगरपालिकासँग १-१ गोलको बराबरी खेलेको थियो।
Facebook Comments

























