काठमाडौं, माघ ११ । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश-२ ले सुदूरपश्चिम प्रदेशलाई जितका लागि १ सय ९६ रनको लक्ष्य दिएको छ। टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश-२ ले ४२ ओभरमा अलआउट हुँदै १ सय ९५ रन बनायो।
प्रदेश-२ का हरिशंकर साहले ६० रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै विवेक यादवले ४१ रन जोड्दा महबुब आलमले २३ रन जोडे। राहुल प्रताप सिंह १२ रन आउट हुँदा कुमार थापा ११ रनमा अविजित रहे। सुदूरपश्चिमका शेर मल्ल र नरेन्द्र साउदले ३/३ विकेट लिए। अरुण ऐरीको नाममा २ विकेट रह्यो।
आज प्रदेश-२ र सुदूरपश्चिम पहिलो जितको खोजीमा रहेको छ। प्रदेश-२ ले २ खेलमा अंक जोड्न सकेको छैन। सुदूरपश्चिमले ३ खेलमा अंक जोड्न सकको छैन। सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरिसकेको छ।
Facebook Comments

























