माघ १० । बार्सिलोनाका कप्तान लिओनल मेस्सीले अझै एक खेल खेल्न नपाउने भएका छन्। उनले इल्चेविरुद्ध खेल पनि खेल्न पाउने छैनन् । स्पेनिस सुपर कपको फाइनलमा रातो कार्ड पाएपछि मेस्सीलाई दुई खेलको प्रतिबन्ध लगाइएको थियो।
एथ्लेटिक बिल्बाओविरुद्धको खेलको अन्त्यतिर विपक्षी खेलाडीलाई अनुहारमा हानेपछि मेस्सीलाई रेफ्रीले रातो कार्ड दिएका थिए। मेस्सीले अब बार्सिलोनाले अर्को साता हुने कोपा डेल रेको खेल खेल्नेछन्। एजेन्सी
Facebook Comments


























