माघ १० । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शानदार जित हात पारेको छ। स्टार खेलाडीहरू चम्किएको शुक्रबार रातिको खेलमा शीर्ष स्थानको पीएसजीले मोन्टरपिलरलाई ४-० को शानदार जित हात पार्यो।
१९औँ मिनेटमा ओम्लिनी सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित मोन्टपिलरविरूद्ध एम्बाप्पे, नेयमार र आइकार्डीले गोल गरे। एमबाप्पेले ३४औँ र ६३औँ मिनेटमा दुई गोल गरे भने नेयमारले ६०औँ तथा आइकार्डीले ६१औँ मिनेटमा गोल गरे। जितपछि पीएसजीले शीर्ष स्थानमा ३ अंकको स्पष्ट अग्रता लिएको छ। पीएसजीको २१ खेलबाट ४५ अंक भएको छ। एजेन्सी
Facebook Comments


























