माघ ९ । शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा एइवरमाथि २–१ को पूनरागमन जित निकालेको छ। बिहीबार राति भएको खेलमा एट्लेटिकोको जितमा दुबै गोल लुइस स्वारेजले गरे।
घरेलु टोली एइवरका मार्को डिमिट्रोभिकले गरेको गोल सान्त्वना बन्यो। खेलको १२औँ मिनेटमा एइवरले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाए पनि जितका लागि पर्याप्त भएन। ४०औँ र ८९औँ मिनेटमा गोल गर्दै स्वारेजले एट्लेटिकोलाई जिताए।
जितसँगै एट्लेटिकोले शीर्षस्थानमा ७ अंकको अग्रता कायम गरेको छ। एक खेल कम खेलेको एट्लेटिकोको १७ खेलबाट ४४ अंक छ। पराजित एइवर १९ अंकसहित १५औँ स्थानमा छ। एजेन्सी
Facebook Comments


























