काठमाडौं, माघ ८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहका नेता रामबहादुर थापा ‘बादल’ ले संसद पुनःस्थापन भए मुलुकमा प्रतिक्रान्ति हुने बताएको छन्। बिहीबार काठमाडौं राष्ट्रिय सभागृहमा ओली निकट प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा उनले भने, ‘संसद पुनःस्थापना भयो भने मुलुकमा प्रतिक्रान्ति हुने खतरा छ। संसद पुनःस्थापना हुन मुलुकको हितमा छैन।
पुनःस्थापना पनि हुँदैन। प्रधानमन्त्री केपी ओलीले संसद विघटनको साहसिक निर्णय भएको थापाले बताए । ‘देशमा अस्थिरता सिर्जना गर्न प्रतिगमन गर्ने षड्यन्त्र थियो। त्यसलाई चिर्न संसद विघटनको साहसिक निर्णय गरिएको छ। हामी प्रतिगमन षड्यन्त्र चिर्न ताजा जनादेश जाने सरकारले निर्णय लिएको हो’ गृहमन्त्री थापाले भने। उनले प्रतिगमनको षड्यन्त्रमा फसेका एउटा गुट पार्टीबाट चोइटिएको बताए।
Facebook Comments


























